

जासुसी गरेको आरोपमा अमेरिकी गुप्तचर पक्राउ


ई–साझाकुरा, भदौ २
चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकी गुप्तचर निकाय सीआईएका भूतपूर्व अधिकारीलाई पक्राउ गरिएको छ । एक नातेदारसँग मिलेर जासुसी गरेको आरोपमा ती पक्राउ परेका हुन् ।
६७ वर्षीय एलेक्ज्यान्डर युक चिङ मालाई गत शुक्रवार पक्राउ गरिएको र अभियोग लगाइएको अमेरिकी न्याय मन्त्रालयले एउटा विज्ञप्तिमा उल्लेख गरेको छ । उनले राष्ट्रिय सुरक्षासम्बन्धी वर्गीकृत सूचना चिनियाँ गुप्तचर अधिकारीहरूलाई दिएको आरोप लगाइएको छ ।

चीन र अमेरिकाबीच तनाव चुलिएको बेला जासुसीका आरोपमा पक्राउ परेका उनी सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हुन् । मालाई मङ्गलवार अदालतमा पेस गरिन लागेको छ । दोषी ठहर भएमा उनलाई आजीवन कारावास सजाय हुनसक्छ ।
माको जन्म हङकङमा भएको थियो । तर उनी अमेरिकाका अङ्गीकृत नागरिक हुन्। उनले सन् १९८२ मा सीआईएमा काम गर्न थालेका थिए। अभियोजनकर्ताहरूका अनुसार सात वर्षपछि सीआईए छोडेर उनी अर्कै काम गर्न चीनको शाङ्घाई गए र २००१ मा फर्किए। मार्च २००१ मा हङ्कङमा भेटघाटहरू भएपछि मा र उनका नातेदारले एक दशक चीनका लागि जासुसी गरेको आरोप छ । ती दुईले सीआईएका कर्मचारी, गतिविधि र सञ्चार गोप्य राख्ने उपायहरूबारे चिनियाँ पक्षलाई जानकारी दिएको बताइएको छ ।
हङकङमा भएको एउटा भेटमा गोप्य सूचना दिएबापत माले ५०,००० डलर लिएको भिडिओ प्रमाण उपलब्ध भएको अमेरिकाको दाबी छ । अदातलमा पेस गरिएको कागतपत्रमा हवाईमा बस्दा माले चीनका लागि सूचना संकलन गर्ने उद्देश्यले एफबीआईमा काम गर्न खोजेको उल्लेख छ । उनलाई एफबीआईको होनोलुलुस्थित कार्यालयले सन् २००४ मा करारमा भाषाविद्को जागिर दिएको थियो । उनले त्यहाँबाट गोप्य कागजपत्र चोरेको आरोप छ । तर उनलाई किन पक्राउ गरिएको थिएन भन्ने स्पष्ट छैन।
माको षड्यन्त्रमा संलग्न उनका नातेदारको नाम उल्लेख गरिएको छैन । तर उनी ८५ वर्षका भएको र अमेरिकाका अङ्गीकृत नागरिक भएको अभियोजनकर्ताहरूको भनाइ छ।


खबर सबै
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
-
बुद्धशान्ति आवासीय विद्यालयमा वृक्षरोपणसहित हरियाली दिवस मनाइयो
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री
-
अदालत–प्रहरीसँग पहुँच भएको दाबी गर्दै ठगी, ५ लाख ६२ हजार असुल्ने कपिलवस्तु प्रहरी फन्दामा
-
डुबानमा पर्दै एसियाकै ठुलो शिला शालिग्राम






प्रतिक्रिया