

न्यूजिल्याण्डको आम चुनाव एक महिना पछि हुने



भदौ १, काठमाण्डौ कोरोना सङ्क्रमित फेरि देखिन थालेपछि न्यूजिल्याण्डको आम चुनाव एक महिना पछाडि सारिएको छ ।
प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले कोरोना भाइरसका सङ्क्रमितहरु फेरि देखिन थालेपछि चुनाव एक महिनापछिका लागि सारिएको घोषणा गर्नुभएको हो ।
न्यूजिल्याण्डमा आउँदो सेप्टेम्बर १९ मा आम चुनाव हुने भनिएको थियो । अब अक्टोबर १७ का लागि मतदानको मिति तोकिएको प्रधानमन्त्री ज्यासिन्डाले बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रधानमन्त्री ज्यासिन्डाले चुनावको नयाँ मितिले चुनावी अभियान चलाउन अवसर दिने पनि बताउनुभएको छ । कोरोना भाइरसका सङ्क्रमित देखिएपछि न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा फेरि लकडाउन गरिएको छ । न्युजिल्याण्डमा सङ्क्रमितको सङ्ख्या १६ सय २२ रहेको छ भने कोरोना भाइरसका कारण २२ जनाको ज्यान गएको छ ।


खबर सबै
-
रास्वपाले राहुल केसीलाई दियो लुम्बिनी प्रदेश अधिवेशन निर्वाचन समितिको जिम्मेवारी
-
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
-
आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुदैछ सहज ?
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची











प्रतिक्रिया