

इजरायल र संयुक्त अरब इमिरेट्सबीच टेलिफोन सेवाको सुरुवात



काठमाडौं । इजरायल र संयुक्त अरब इमिरेट्सले दुवै देशबीच प्रत्यक्ष टेलिफोन सेवाको सुरुवात गरेका छन् ।
दुवै देशले सम्बन्ध थप मुजबुद बनाउन एक आपसमा सहज संपवादका लागि भन्दै टेलिफोन सेवाहरु सुरु गरेको जनाएका छन् ।
दुवै देशका परराष्ट्रमन्त्रीले एक अर्कासँग संवादको थालनी गरेर सम्बन्ध सुधारका लागि थालनी गरेको जनाएका छन् ।
गत बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा दुवै देशबीचको शान्ति सम्झौताको घोषणा गर्नुभएको थियो ।
सम्झौताको प्यालेस्टाइन, इरान र टर्कीले विरोध गरेपनि अन्तर्राष्ट्रिय समुदायले भने योकदमको स्वागत गरेका छन् ।
सम्झौताअनुसार इजरायले कब्जा गरेको पश्चिम किनाराका भागहरु फिर्ता गर्ने बताइएको छ । दुवै पक्षले तीन साताभित्र अमेरिकाको वासिंटनमा सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा लिएको बताइएको छ ।
सम्झौता भएसँगै दुवै देशलाई दुतावास खोल्न सहज हुने बताइएको छ । यसैबीच दुवै देशबीच प्रत्यक्ष टेलिफोन सेवाको सुरुवात भएसँगै धेरै आर्थिक सहयोगका सम्भावनाका ढोका खुलने विस्वास लिइएको छ ।
इजरायलका सञ्चार मन्त्री योज हेडेलले दुवै देशले आर्थिक गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्नु विस्वास व्यक्त गर्नुभएको छ ।
हालसम्म इजरायलको खाडी मुलुकहरुसँग कुनै कुटनीतिक सम्बन्ध छैन । यो सम्झौताले दुवै देशबीच सम्बन्ध बिस्तारका लागि सहज हुने अपेक्षा गरिएको छ ।
यसैबीच सम्बन्ध र सहयोग आदानप्रदानलाई निरन्तरता दिनकालागि दुवै देशले कोरोना महामारीबाट जुध्नका लागि थप अनुसन्धान गर्ने सहमति गरेका छन् । एजेन्सी


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया