

छुरा प्रहार द्वारा एकै ठाउँमा दुई नेपालीको हत्या : यूएई


एजेन्सी साउन ३२, २०७७ आइतबार
यूएई – यूएईमा हत्या भएका दुई नेपालीमध्ये एकको परिचय खुलेको छ ।
यूएईको सारजाहमा साउन २४ गते हत्या भएका दुई नेपालीमध्ये एकको परिचय खुलेको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । हत्या हुनेमा तनहुँ भगवतीपुर ७ का ३६ वर्षिय मंगलराज श्रेष्ठको पहिचान भए पनि अर्का एक नेपालीको भने पहिचान खुलेको छैन ।

गएको साउन २४ गते शनिबार सारजाहमा दुई नेपालीको हत्या भएको यहाँका स्थानीय सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि दूतावासले चासो लिएको छ । पहिचान खुलेका श्रेष्ठको शरीरमा २० ठाउँमा छुरा प्रहार भएको छ । अर्का नेपालीको शरीरमा पनि त्यस्तै धारिलो हतियार प्रयोग गरेर हत्या भएको दूतावासको भनाइ छ ।
घटनाको प्रारम्भिक विवरण अनुसार दुई जनाबीच आपसी विवाद हुँदा एक अर्काको हत्या भएको भनिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको र घटनामा संलग्न भएको आशंकामा केही पक्राउ परेका यूएईको स्थानीय सञ्चारमाध्यम गल्फ न्युजले उल्लेख गरेको छ ।
एउटै घटनामा दुई नेपालीको हत्या भएको जानकारी दूतावासलाई भए पनि स्थानीय प्रसाशनले अनुसन्धान गरिरहेकाले पूर्ण विवरण आउन बाँकी रहेको दूतावासका प्रवक्त्ता तथा उपनियोग प्रमुख रीता धितालले बताउनुभयो ।
घर फर्कन पाएनन् मंगलराज
दुई वर्ष पहिले मंगलराज नेपालबाट बहराइन जानुभएको थियो । बहराइनमा काम गर्दा गर्दै अनलाइनमार्फत यूएईमा काम खोजेर बहराइनबाटै यूएई आएको मृतकका जेठान कर्मा लामाले उज्यालोलाई जानकारी दिनुभयो ।
एक वर्ष अघिदेखि यूएईमा कार्यरत मंगलराज घरमा पालेका चराचुरुङ्गीलाई रेखदेखको काम गर्ने आफन्तले बताएका छन् । उहाँको घर जाने योजना थियो ।
घरबिदामा नेपाल फर्कन उहाँले भदौ १ गतेको टिकट काट्नुभएको थियो । हातमा टिकट र साथमा घर फर्कने योजना लिएर मंगलराज यूएईमै अस्ताउनुभएको छ ।


खबर सबै
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
-
बुद्धशान्ति आवासीय विद्यालयमा वृक्षरोपणसहित हरियाली दिवस मनाइयो
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री
-
अदालत–प्रहरीसँग पहुँच भएको दाबी गर्दै ठगी, ५ लाख ६२ हजार असुल्ने कपिलवस्तु प्रहरी फन्दामा
-
डुबानमा पर्दै एसियाकै ठुलो शिला शालिग्राम







प्रतिक्रिया