

साहित्यकार भारद्धाजको कविता : हो ज्ञान यो शाश्वत



ऋषिकेशव भारद्वाज/बाणगङ्गा – ८ कपिलवस्तु
प्यारो भारतवर्ष हर्ष जगमा , वर्षा गरून् सर्वदा ।
साँचो मानवता भरून् जगतमा सौहार्द औ मित्रता ।।
विध्या संस्कृतको छ ज्ञान भरिलो , संसारमा निर्मल ।
पाऊँ दिव्य मनुष्य एक युगको , गर्ने सधैं मंगल ।।
यस्तै विश्व समृद्ध शान्ति जगमा , सत्प्रेम पक्का रहोस् ।
त्यस्तै संस्कृति आर्यको रसमयी , हिंशा कसैको नहोस् ।।
सारा देश तथा स्वतन्त्र जनता , मैत्री रहोस् शाश्वती ।
हाम्रो भारत वर्षको विजयको , संस्कृति होस् भाश्वती ।।
पूर्वी संस्कृतिमा छ मंगल धुनी , ॐ कारको गर्जन ।
हाम्रो वैदिक धर्म शाश्वत छ यो , कस्तो अहा ! कन्चन ।।
यस्तै आर्य परम्परा जगतले , रोज्ने गरून् चाहना ।
बेदान्ती निज धर्म धारण गरून् , मेरो छ यो कामना ।।
पूर्वी दर्शन फैलियोस् भुवनमा , बढ्दै रहोस् भाश्वत ।
साझा संस्कृति राष्ट्रको हित हुने , हो धर्म यो शाश्वत ।।
वाणी आर्य परम्परा जगतको , लोगो बनोस् अङ्कित ।
वेदान्ती निज धर्म धारण गरौं , हो ज्ञान यो शाश्वत ।।
साहित्यकार भारद्धजको कलमबाट


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया