

कोरोना भाइरसविरुद्ध रुसले बनाएको खोपले काम गर्छ : ट्रम्प



श्रावण ३२, २०७७
वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्ध रुसले बनाएको खोपले काम गर्ने विश्वास व्यक्त गरेका छन् । ‘मलाई रुसले बनाएको भनिएको खोपबारेमा धेरै थाहा छैन । तर त्यो खोप प्रभावकारी र उपयोगी हुन्छ भन्नेमा मलाई विश्वास छ,’ उनले भने ।

राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा भएको पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले खोपले काम गर्ने बताएका हुन् । रुस कोरोनाविरुद्धको खोप तयार पार्ने विश्वकै पहिलो राष्ट्र भएको पनि उनको दाबी छ । ‘मलाई जानकारी भएसम्म कोरोनाविरुद्धको खोप तयार पार्ने रुस विश्वकै पहिलो मुलुक भएको छ, यो दर्ता भइसकेको पनि मैले थाहा पाएको छु,’ उनले भने । ट्रम्पले चाँडै नै ठूलो मात्रामा सो खोपको उत्पादन र प्रयोग हुन थाल्ने विश्वास व्यक्त गरे ।
आधारभूत प्रक्रियाहरू पूरा गर्ने र परीक्षण सबै सफल भएपछि आधिकारिक निकायले त्यसको प्रयोगका लागि स्वीकृति दिने उनको भनाइ छ । नयाँ खोप प्रक्रियामा गएको छ र अहिलेसम्म सकारात्मक नतिजा आएको थाहा पाउँदा आफूलाई निकै खुसी लागेको उनले बताए ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया