



राष्ट्रिय नेटवर्कहरुले उत्पादन गरेका समाचार प्रसारण अर्घाखाँचीका रेडियोले अब नगर्ने


साउन ३१ अर्घाखाँची / अर्घाखाँची जिल्लाका सामुदायिक रेडियो र व्यवसायिक रेडियोहरुले नेटवर्कहरुद्धारा उत्पादित समाचार प्रसारणमा रोक लगाएका छन् । शुक्रबार जिल्लामा सञ्चालित रेडियोहरुका प्रतिनिधिहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रत्येक आर्थिक वर्षमा केन्द्रमा रहेका विभिन्न रेडियो नेटवर्कहरुले मन्त्रालय, गैर सरकारी संस्था, उद्योगी, व्यापारी, संघ संस्थाहरुबाट रकम ल्याई स्थानीय रेडियोहरुसँग समन्वय र सहकार्य नगरेको भन्दै रेडियोहरुले यस्तो निर्णय गरेका हुन् । रेडियो नेटवर्कहरुले तयार पारेका समचारको विचमा प्रसारण हुने विज्ञापन स्थानीय रेडियोबाट पनि प्रसारण हुने र त्यसको प्रतिफल नदिएका कारण व्यवसायिक विकासमा समस्या परेको भन्दै अर्घाखाँचीका रेडियोहरुले यस्तो निर्णय गरेको सामुदायिक रेडियो देउरालीका प्रतिनिधि रुद्रमणि भुसालले जानाकारी दिनुभयो ।
अर्को निर्णय नहुञ्जेल सम्मका लागि कुनै पनि नेटवर्कका समाचार सम्पे्रषण नगर्ने रेडियोहरुका प्रतिनिधिहरुको संयुक्त हस्ताक्षर समझदारी पत्रमा उल्लेख छ । कुनै पनि रेडियोहरुबाट नेटवर्कका समाचार सम्प्रेषण गरेको पाईएमा कारवाहि गर्ने बताईएको छ ।
साथै बैठकले स्थानीय रेडियोहरुबाट प्रसारण हुने विज्ञापन, सुचना, बधाई तथा शुभकामना, श्रद्धाञ्जलि तथा समवेदना प्रसारणमा लाग्ने रकममा एकरुपता ल्याएका छन् । यसअघि जिल्लामा सञ्चालित रेडियोहरुले विज्ञापन सुचना, बधाई तथा शुभकामना, श्रद्धाञ्जलि तथा समवेदना प्रसारण वापत लाग्ने रकममा आ–आफ्नै मुल्य निर्धारण गरेका थिए । अब यो निर्णय सँगै अर्घाखाँचीमा रेडियोहरुको विज्ञापन र सूचना प्रसारणबापतको रकममा एकरुपता आउने भएको छ ।

खबर सबै
-
मंसिरमा महोत्सवमय बन्दै कपिलवस्तु
-
बाणगंगा–१ को नवनिर्मित नयाँ प्रशासनिक वडा कार्यालय भवन उद्घाटन
-
१६ औं कपिलवस्तु महोत्सवमा यसपटक टिकटक भिडियो प्रतियोगिताः सिर्जनशीलता र सकारात्मक प्रचारलाई प्रोत्साहन गरिने
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
ईपीएस भाषा परीक्षा आजदेखि, पहिलो प्राथमिकता उत्पादन क्षेत्र
-
प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
-
नयाँ राजनीतिक दल दर्ताको लागि समय थपियो, मंसिर ६ सम्म निवेदन दिन सकिने







प्रतिक्रिया