

अभिनेता रणवीर र अभिनेत्री कोनकोनाले गरे डिभोर्स



एजेन्सी, साउन ३०
बलिउड अभिनेता रणवीर सुरी र अभिनेत्री कोनकोना सेन शर्माले डिभोर्स गरेका छन्। टाइम्स अफ इन्डियाका अनुसार बिहीबार उनीहरूको औपचारिक रूपमा डिभोर्स भएको हो। उनीहरू पहिलेदेखि अलग बस्दै आएका पनि स्रोतलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ।

‘उनीहरूको डिभोर्स एकदमै शान्त रूपमा भयो। उनीहरूले कुनै झैझगडा र तनाव देखाएनन्,’ स्रोतले भनेको छ। अभिनेत्री कोनकोनाकी प्रतिनिधि अम्रुता साठे पाठकले पनि उनीहरूको डिभोर्स भएको र शान्तिपूर्ण तरिकाले भएको बताएकी छन्।
‘उनीहरू दुवै सुल्झेका मान्छे हुन्। दुवैले एकअर्कासँग सम्बन्ध टिकाउन प्रयास पनि गरे। परामर्शका लागि पनि गए,’ अम्रुताका भनाइ उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ।
रणवीर र कोनकोनाको सन् २०१० मा बिहे भएको थियो। पाँच वर्षपछि सन् २०१५ मा उनीहरू छुट्टिएका थिए। तर उनीहरूले सन् २०२० फेब्रुअरीमा मात्र डिभोर्सका लागि आवेदन दिएका थिए।
उनीहरूका ८ वर्षका छोरा छन्।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया