

विश्वभर एकै दिन २ लाख ७५ हजार संक्रमित थपिए


काठमाडौं, साउन २९ : विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या २ करोड ७ लाख नाघेको छ । कोरोनाको महामारीले बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार ६९ जनामा संक्रमण पुष्टि भएको छ ।
यो सँगै विश्वभर संक्रमित हुनेको संख्या २ करोड ७ लाख ८६ हजार ८५५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । संक्रमित मध्ये १ करोड ३६ लाख संक्रमित उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ६५१ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ७ लाख ५१ हजार ५६० पुगेको छ ।
पछिल्लो २४ घण्टामा अमेरिकामा ५३ हजार संक्रमित थपिँदा कूल संक्रमितको संख्या ५३ लाख ५९ हजार पुगेको छ भने ब्रजिलमा ५८ हजार संक्रमित थप हुँदा कुल संक्रमितको संख्या ३१ लाख ७० हजार पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा रसियामा ५ हजार, दक्षिण अफ्रिकामा २८ सय, मेक्सिकोमा ६ हजार ६ सय, कोलम्बियामा १२ हजार तथा स्पेनमा ३ हजार संक्रमित थपिएका छन्।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया