१९१ यात्रु बोकेको एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना (अपडेट)
एजेन्सी, साउन २३
एयर इन्डिया एक्सप्रेसको बोइङ-७३७ शुक्रबार साँझ केरलको कोजिकोडमा दुर्घटना भएको छ। विमानमा चालक दलका सदस्यसहित १९१ जना यात्रु रहेको बिबिसीले जनाएको छ।
भारतीय अनलाइन स्क्रोलका अनुसार दुर्घटनामा जहाजका एक पाइलटसहित कम्तिमा दुई जनाको मृत्यु भएको छ।
विमान दुबईबाट आइरहेको थियो। नेपाली समयअनुसार साँझ करिब ७ बजेर ४५ मिनेट जाँदा कोजिकोड एयरपोर्टमा अवतरण क्रममा रनवेबाट चिप्लिएर विमान दुर्घटना भएको हो। विमान अवतरण क्रममा भारी वर्षा पनि भइरहेको थियो।
विमान दुर्घटना भए पनि यसमा आगलागी नभएको सञ्चारमाध्यमहरूले जनाएका छन्। सबै यात्रुको उद्धार कार्य जारी हिन्दुस्तान टाइम्सले प्रारम्भिक जानकारी अनुसार ४० हाराहारी यात्रु घाइते भएको उल्लेख गरेको छ।
भारतीय नागरिक उड्डययनका अधिकारीले दिएको जानकारी अनुसार दुर्घटनामा परेको विमान दुई टुक्रा भएको छ।
प्रतिक्रिया