

कपिलवस्तुको गोरुसिंगेमा शाइन रेसुङ्गाको ७१ औं शाखा संचालन


मंसिर २५ बुटवल ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कपिलवस्तुको गोरुसिंगेमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । राष्ट्रिय स्तरको विकास बैंकमा स्तरोन्नति भएसंगै बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा बुद्धभूमि नगरपालिका वडा नंं. २ गोरुसिंगे बजारमा बिहीबारदेखि शाखा सञ्चालनमा ल्याएको हो । बैंकको यो ७१ औं शाखा हो ।
शाखा कार्यालयको बुद्धभूमि नगरपाकिलाका प्रमुख केशवप्रसाद श्रेष्ठले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बैंकका वरिष्ठ प्रबन्धक लालमणि पन्थी,गोरुसिंगे शाखा प्रमुख सन्तोष घिमिरेले शाखा कार्यालयबाट कृषि, ब्यापार, उद्योग र सेवा क्षेत्रमा सहुलियत दरमा कर्जा प्रवाहका साथै निक्षेपमा आकर्षक ब्याजदर तथा लकर सुविधा,मोबाइल बैकिङ सुविधा प्रदान गरिने बताए । यसअघि कपिलवस्तुमा शाइन रेसुङ्गा बैंकको चार नम्बर जितपुर र चन्द्रौटामा पनि शाखा कार्यालय रहेका संचालनमा रहेका छन् ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया