
सेयर बजार एकैदिन लयमा फर्कियो : ६ अर्ब ६६ करोडको कारोबार, सबै समूहमा हरियाली

मंसिर २२, ई–साझाकुरा
साताको दोस्रो दिन सोमबार सेयर बजार बढेर हरियाली देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७२ दशमलव २८ अंकले बढेर २ हजार ४ दशमलव ३९ अंकमा पुगेको हो ।
यसअघिको कारोबार आइतबार १ सय २३ अंकले नेप्से परिसूचक घटेको थियो । आइतबारको तुलनामा सोमबार कारोबार रकम भने घटेको छ ।
तर कारोबार हुने कम्पनीको संख्या भने बढेको छ । राष्ट्र बैंकको मौद्रिक समीक्षालाई लिएर ऐतिहासिक बिन्दुले घटेको सेयर बजारले एकै दिनमा लय समातेको छ ।
आइतबार बजारमा ट्रिपल डिजिटको गिरावटपछि राष्ट्र बैंकले वित्तीय स्थायित्वमा प्रभाव पर्ने बेलामा मात्रै सेयरसँग सम्बन्धित बुँदा चलाउने प्रष्टीकरण दिएसँगै सोमबारको बजार लयमा फर्किएको हो ।
बजारमा हालसम्मकै उच्च बिन्दूको गिरावट आएपछि संसदिय समिति देखि लगानीकर्ताका संघ संगठनहरुसम्मले राष्ट्र बैंकका अधिकारीहरुसँग छलफल गरेका थिए ।
बैंकले आइतबारनै सेयर धितो कर्जाको सीमा घटाइनसकेको र सरोकारवालासँग छलफल नगरी निर्णय नलिने बताएपछि सोमबारको बजार पुनः हरियाली भएको हो ।
आइतबार १९७ कम्पनीको ७ अर्ब २० करोड ९१ लाख ८० हजार रुपैयाँको कारोबार भएको थियो । सोमबार भने २०६ कम्पनीको ६ अर्ब ६६ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया