

साथीलाइ गोली हान्ने ३ जना पक्राउ

मंसिर १२ दाङ ।
शिकार खेल्न गएका दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बराहखुटी निबासी खुशलराम पौडेललाई गोली लागेपछि प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१३ बाख्रे निबासी २४ बर्षका कमल पुन, ३८ बर्षका राजु घर्ती र ४० बर्षका इन्द्र केसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।
उनीहरुलाई गएराति प्रहरीले घरबाटै पक्राउ गरेको हो । पक्राउ परेका तीनैजनालाई तुलसीपुर प्रहरीले वडा प्रहरी कार्यालय लमहीलाई बुझाएको छ । अभियुक्त तुलसीपुर क्षेत्रका भएपनि घटनास्थल लमहीमा पर्ने भएकाले लमही प्रहरीलाई बुझाएको डिएसपी सिंहले बताए ।
बुधबार राती लमही नगरपालका–९ च्याउखोलामा शिकार खेल्न गएको समयमा आफनै साथीले हानेको बन्दुकको गोली लागेर पौडेल घाइते भएका थिए । शिकार खेल्न १४ जना गएपनि ११ जना भने अझै फरार रहेका छन् । घाइतेको भारतको लखनउमा उपचार भइरहेको पारिवारीक स्रोतले बताएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया