

भूमि बैंकमा ४०० रोपनी बाँझो जग्गा : गाउँपालिका




मंसिर १०, ई–साझाकुरा
गुल्मीदरवार गाउँपालिकाभित्र रहेको करिब ४०० रोपनी बाँझो जग्गा गाउँपालिकाको भूमि बैंंकमा दर्ता भएको छ। बाँझो जग्गालाई उपयोगमा ल्याउन गाउँपालिकाले भूमि बैंंक कार्यविधि २०७७ पारित गरेको र सोहीअनुसार करिब ४०० रोपनी जग्गा गाउँपालिकाको भूमि बैंंकमा दर्ता भएको गाउँपालिकाले जनाएको छ।

कोरोना भाइरसका कारण विदेशबाट फर्केका र स्वदेशमै रोजगारी गुमाएका युवाहरुलाई कृषि र पशुपालनमार्फत आत्मनिर्भर बनाउने गाउँपालिकाको लक्ष्य रहेको छ। बाँझो जग्गा निःशुल्क रुपमा कृषकलाई उपलब्ध गराउने र जग्गा धनीलाई गाउँकार्यपालिकाको बैठकले तोकेको मूल्य उपलब्ध गराइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए।
बाँझो जग्गाका धनीहरुले गाउँपालिकामा असोज मसान्तसम्म निवेदन दर्ता गराएका थिए। मंसिर ७ गते कार्यपालिकाको बैठक बसी जग्गाको मूल्य तोक्ने भनिए पनि गाउँपालिकाको कार्यालय परिसरमा बस्ने एक महिलामा कोरोना संक्रमण भएपछि बैठक स्थगित गरिएको छ। अब बस्ने बैठकबाट जग्गाको मूल्य तोक्ने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले तोकेको समय अवधिसम्म निवेदन दर्ता नगरी जग्गा बाँझो राखेमा गाउँपालिकाबाट प्राप्त हुने सम्पूर्ण सेवा सुविधा रोक्का गर्ने र प्रतिरोपनी एक हजार रुपैयाँका दरले जरिवाना समेत गर्ने गाउँपालिकाले चेतावनी दिएको छ। गाउँपालिकाभित्र करिब ६१२ जना युवा देश तथा बिदेशबाट रोजगारी गुमाएर फर्किएका छन्।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया