

अर्को महिनादेखि नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप दिइने



मंसिर ८, ई–साझाकुरा
अमेरिकाका नागरिकलाई अर्को महिनादेखि कोरोना भाइरस विरुद्धको खोप दिन दिइने भएको छ । कोरोना भाइरसको भ्याक्सिन सम्बन्धी अमेरिकाका कार्यक्रम प्रमुख डाक्टर मोनसेफ सलोइले अमेरिकाका नागरिकलाई आउने डिसेम्बर ११ तारिखदेखि खोप उपलब्ध हुनसक्ने जानकारी दिनुभएको बीबीसीले जनाएको छ । डाक्टर सलोइले खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति मिलेको २४ घण्टाभित्र खोप दिन सुरु गरिने जानकारी दिनुभएको हो ।
कोेरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिरहेको अवस्थामा डाक्टर सलोइको यो भनाइ आएको हो । अमेरिका कोरोना सङ्क्रमणका हिसाबले विश्वमा पहिलो नम्बरमा रहेको छ । अमेरिकामा अहिलेसम्म एक करोड २५ लाखभन्दा धेरै मानिस सङ्क्रमित भइसकेका छन । पछिल्लो तथ्याङ्क अनुसार त्यहाँ २ लाख ६२ हजार भन्दा धेरैको ज्यान गइसकेको छ । औषधि निर्माता कम्पनी फाइजर र उसको सहयोगी बायोटेकले अमेरिकामा कोभिड–१९ खोपको आपतकालीन प्रयोगका लागि अनुमति लिन गएको शुक्रबार आवेदन दिएको छ । अमेरिकी खाद्य एवं औषधि प्रशासन (एफडीए) ले यस कम्पनीको खोप सुरक्षित छ या छैन भनेर निर्धारण गर्नेछ ।
यसका लागि एफडीएलाई कति समय लाग्ने भन्ने बारेमा यकिन भइसकेको छैन । यसअघि यो खोपको परीक्षणको क्रममा ६५ वर्षभन्दामाथिको उमेर समूहका ९४ प्रतिशतमा प्रभावकारी देखिएको थियो । यस खोपको परीक्षणमा विश्वभर ४१ हजार जना सहभागी भएका थिए ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया