

अत्याधिक गर्मीको असर : बाणगंगा र कपिलवस्तु नगरपालिकामा तीन दिन विद्यालय बन्द



कपिलवस्तु | केहिदिन यता बढ्दो अत्यधिक गर्मीका कारण कपिलवस्तुका विभिन्न पालिकाले आफनो पालिका अन्र्तगतका विद्यालयहरुमा तीन दिनका लागि गर्मी बिदा दिएका छन् । तराई क्षेत्रमा केही दिनयता बढ्दै गएको अत्यधिक गर्मीका कारण पालिकाभित्रका सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा तीन दिनका लागि गर्मी बिदा दिइएको हो ।
यसरी बिदा दिने स्थानीय तहहरुमा कपिलवस्तु नगरपालिका र बाणगंगा नगरपालिका रहेका छन । कपिलवस्तु नगरपालिकाले नगर कार्यपालिकाको कार्यालयको जेठ २२ गतेको निर्णयअनुसार जेठ २५ गतेदेखि २७ गतेसम्म विद्यालयमा गर्मी बिदा दिइएको हो । उक्त बिदा वर्षे बिदाबाट मिलान गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले अत्यधिक तापक्रमका कारण विद्यालयमा नियमित शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न कठिनाइ भएको तथा विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने जोखिम बढेकाले बिदा दिनुपरेको बताए ।
यता बाणगंगा नगरपालिकाले जेठ ५ गते बसेको नगर शिक्षा समितिको बैठकले स्विकृत गरेको र नगरपालिकाको वार्षिक शैक्षिक क्यालेण्डरमा उल्लेख भए अनुसार गर्मी बिदा दिइएको उल्लेख छ । बाणगंगामा यो बिदा जेठ २५ गते देखि २७ गते सम्म कायम रहने नगर शिक्षा शाखा अधिकृत रोशन घिमिरेद्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।
तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दै गएकाले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर तीन दिनका लागि गर्मी बिदा दिने निर्णय गरिएको हो । बिदाको अवधिमा अभिभावकहरूले बालबालिकालाई अत्यधिक घामबाट जोगाउन र पर्याप्त पानी पिउन प्रेरित गर्न आवश्यक छ ।
नगरपालिकाले सबै विद्यालयलाई निर्णय कार्यान्वयन गर्न तथा बिदापछि नियमित रूपमा पठनपाठन सञ्चालन गर्न अनुरोध गरेको छ ।
पछिल्ला दिनमा बढ्दो गर्मीका कारण कपिलवस्तुसहित तराईका विभिन्न जिल्लामा जनजीवन प्रभावित बन्दै गएको छ । अब विद्यालयहरु जेठ २८ गते देखि मात्रै संचालनमा आउने छन् ।


खबर सबै
-
भारतमा कक्रोच जनता पार्टी पहिलो पटक निस्कियो सडकमा
-
अत्याधिक गर्मीको असर : बाणगंगा र कपिलवस्तु नगरपालिकामा तीन दिन विद्यालय बन्द
-
विश्व वातावरण दिवसमा ‘जस्मिन बड्स’का विद्यार्थीहरूले गरे वृक्षरोपण
-
जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि सचेतना कार्यक्रम
-
के हुन्छ दिनहुँ कागती पानी पिउँदा ?
-
रास्वपाको जिल्ला अधिवेशन : कपिलवस्तुसहित आज ३६ जिल्लामा हुदै
-
जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि सचेतना कार्यक्रम
-
के हुन्छ दिनहुँ कागती पानी पिउँदा ?
-
रास्वपाको जिल्ला अधिवेशन : कपिलवस्तुसहित आज ३६ जिल्लामा हुदै
-
नेपालगन्ज नाकाबाट १० महिनामा करिब १७ अर्ब राजस्व सङ्कलन
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता











प्रतिक्रिया