दलित पत्रकार संघद्वारा रक्तदान

रामबहादुर गन्धर्व | राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी प्रदेशको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। आजको रक्तदान भाेलिकाे मुस्कान भन्ने मुल नारासहित बाँकेको जानकी गाउँपालिकामा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

बुधबार आयोजित कार्यक्रममा २१जनाद्वारा रक्तदान गरिएको थियो । जानकी गाउँपालिका कार्यालयकाे आर्थिक सहयोग तथा नेपाल रेडक्रस साेसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जकाे प्राबिधिक सहयोगमा सम्पन्न कार्यक्रममा ६७जनाको सहभागिता रहेको थियो भने स्वास्थ्य परिक्षणपछि २१जनाले रक्तदान गरेका थिए।कार्यक्रम गाउँपालिकाका अध्यक्ष छब्बन खाँकाे प्रमुख आतिथ्यता तथा उपाध्यक्ष रामप्यारी यादवकाे सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बाेल्ने बक्ताहरूले रक्तदानलाई जीवनदान भन्दै यसको महत्त्व माथि जाेड दिएका थिए ।कार्यक्रममा विभिन्न पत्रकार ,जनप्रतिनिधि ,समाजसेवी तथा सराेकारवाला ब्यक्तित्वहरूकाे बिशेष उपस्थिति रहेको थियो ।

रक्तदान कार्यक्रम सफल बनाउन सहयोग गर्ने संस्था ब्यक्तितब एवं सहभागीहरूलाई राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी प्रदेशका अध्यक्ष टेकेन्द्र बस्यालले धन्यवाद ज्ञापन गरे।

प्रतिक्रिया

खबर सबै