

गुल्मीको रेसुङ्गा नगरपालिकामा लकडाउनको घोषणा




मंसिर ४, गुल्मी ।
गुल्मीको रेसुङ्गा नगरपालिकाले ९ दिन लकडाउन गर्ने घोषणा गरेको छ । कोरोना भाईरस ९कोभिड–१९० को संक्रमण तिब्र रुपमा समुदायस्तरमा फैलिएको हुँदा लकडाउन गर्नुपरेको नगरपालिकाले जनाएको छ । नगरप्रमुख डिल्लीराज भुसालद्धारा जारी गरिएको सूचनामा बिहिवार राती १२ बजेदेखि मंसिर १३ गते राती १२ बजेसम्म लकडाउन लागू हुनेछ ।
लकडाउनको अवधिमा एम्बुलेन्स, दमकल, स्वस्थ्यकर्मी, सुरक्षाकर्मी, ईन्धन, सरसफाई, स्वास्थ्य सेवा तथा औषधी पसलहरु पूर्ववत रुपमा सञ्चालन हुने जनाइएको छ । पालिका कार्यालय र वडा कार्यालयमा अत्याबश्यक कार्य बाहेका सेवाहरु पूर्ण रुपमा बन्द हुनेछन् ।
यस अवधिमा सम्पूर्ण शौक्षिक संस्थाहरु बन्द रहने तथा रेडियो टेलिभिजनबाट प्रशारण हुने श्रव्यदृष्य, श्रव्यपाठ प्रशारण तालिकाअनुसार निरन्तर सिकाईमा सहभागी हुन जानकारी गराउने जनाइएको छ । कक्षा १२ को वार्षिक परिक्षा मंसिर ९ गतेबाटै निर्देशित कार्यविधि, मापदण्ड पुरा गरि सुचारु गर्ने समेत जनाइएको छ ।
त्यस्तै तरकारी फलफूल दुध तथा दुधजन्य पदार्थको बिक्री वितरण बिहान नौ बजेसम्म र साँझ पाँच बजेदेखि ६ः३० सम्म सञ्चालन गर्ने जानकारी समेत नगरपालिकाले दिएको छ । अन्य पसलहरु स्वास्थ्य सुरक्षा मापदण्ड पुरागरि बिहान सात बजेदखि दुई घण्टामात्र सञ्चालन गर्ने जनाइएको छ ।
उद्योगधन्दा, निर्माण कार्य जुन ठाउँमा सञ्चालन गरिएको छ, सोही स्थानमा कामदारलाई खाने बस्ने व्यवस्था मिलाई सञ्चालन गर्ने, बैङ्क तथा वित्तिय संस्थाहरुलाई अत्यावश्यक सेवा प्रदान गर्न भनिएको छ ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया