

रोल्पामा जिपको ठक्करबाट एकको मृत्यु

मंसिर ४ रोल्पा ।
रोल्पामा जिपको ठक्करबाट १ जनाको मृत्यु भएको छ, भने २ जना घाइते भएका छन्। मृत्यु हुनेमा सुनिलस्मृति गाउँपालिका ८ अरेस निवासी ४६ वर्षीय राहुल मगर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
बुधबार राति करिब साढे ८ बजेतिर जिल्लाको सुनिलस्मृति गाउँपालिका ८ तल्लोपानी स्थित सुलिचौर–अरेश भित्री सडक खण्डमा लु१ ज ३०७० नम्बरको जिपले ठक्कर दिँदा मगर घाइते भएका थिए। उनलाई प्राथामिक स्वास्थ्य केन्द्र सुलीचौरमा प्राथामिक उपचारपछि थप उपचारको लागि बुटवलतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए । त्यस्तै, जिपको ठक्करबाट अन्य २ जना घाइते भएका छन्।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया