दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन

दर्पण युवा क्लब राजपुरकाे नयाँ नेतृत्व चयन, हरि प्रसाद घिमिरे अध्यक्षमा सर्वसम्मत
कपिलवस्तु, २७ वैशाख । दर्पण युवा क्लबको १८औँ साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट हरि प्रसाद घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको क्लबले जनाएको छ।

घिमिरेकाे अध्यक्षतामा गठित समितिको बरिष्ठ उपाध्यक्ष झम बहादर पुन, उपाध्यक्षमा शुलोचन न्याैपाने,सचिव सन्तोष घिमिरे, सहसचिव शुशिल न्याैपाने र काेषाध्क्षमा सरस्वति गैरे प्युठानी चयन भए । यस्तै समितिकाे सदस्यहरुमा देवी थापा, भिमा घिमिरे, शुभम शर्मा, भुवन भण्डारी र विनय सोमै रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेल ले पानसमा दीप प्रज्वलन गरी अधिवेशनको उद्घाटन गर्नुभएको थियो।
अधिवेशन कार्यक्रममा क्लबका संरक्षक रविराज ज्ञवाली, मनकामना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मुक्त बहादुर कार्की, पूर्व अध्यक्ष चुरामणि अर्याल, टोल विकास संस्थाका अध्यक्ष खिमानन्द घिमिरे, महिला नेतृ बिमला गैरे लगायत समाजका गन्यमान्य व्यक्तित्व तथा स्थानीय आमा–बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नवनिर्वाचित अध्यक्ष हरि प्रसाद घिमिरेले आगामी दिनमा क्लबलाई अझ सक्रिय र प्रभावकारी बनाउँदै खेलकुद, सामाजिक तथा युवामुखी गतिविधिहरू सञ्चालन गरिने बताउनुभयो। साथै क्लबको खेलमैदानलाई व्यवस्थित गरी क्लबलाई नयाँ दिशा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

खबर सबै