

लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट





लुम्बिनी प्रदेश सरकारले आफ्नै नव-निर्मित प्रशासनिक भवनहरुबाट औपचारिक रूपमा सेवा प्रवाह सुरु गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ भवनबाट दैनिक सेवा प्रवाहको कामकाजको शुभारम्भ गर्दै प्रदेश प्रशासनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण कदम चालिएको बताए ।
मुख्यमन्त्री आचार्यले संघीयताको सुदृढीकरणका लागि प्रदेश संरचनालाई सक्षम बनाउने उद्देश्यले प्रशासनिक केन्द्र निर्माण गरिएको उल्लेख गर्दै यसलाई प्रदेशबासीका लागि गौरवको विषयका रूपमा प्रस्तुत गरे । उनका अनुसार सातै प्रदेशमध्ये लुम्बिनी प्रदेशले राजधानी निर्धारण, नामकरण र प्रशासनिक भवन निर्माणमा उल्लेखनीय प्रगति हासिल गरेको छ।
उनले निर्धारित समयमै आयोजना सम्पन्न हुनु प्रदेश सरकारको ठूलो उपलब्धि भएको बताउँदै आगामी दिनमा सेवा प्रवाह अझ चुस्त बनाइने विश्वास व्यक्त गरे । भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रदेश सरकारकै लगानीमा निर्माण भएको यस भवनमा सबै मन्त्रालयलाई एकै ठाउँमा स्थानान्तरण गरिएको जानकारी दिए। उनले यस व्यवस्थाले अन्य प्रदेशका लागि समेत उदाहरणीय अभ्यास प्रस्तुत गरेको धारणा राखे ।
राप्ती गाउँपालिका-३ मा निर्माण गरिएको मण्डला आकारको प्रशासनिक परिसरमा अब मन्त्रालय, निर्देशनालय तथा विभिन्न विभागहरूबाट एकीकृत सेवा प्रदान हुन थालेको छ। यसअघि छुट्टाछुट्टै स्थानबाट सञ्चालनमा रहेका स्वास्थ्य, कृषि, भूमि व्यवस्था-सहकारी तथा उद्योग, पर्यटन तथा यातायात मन्त्रालयहरू पनि यही केन्द्रमा समेटिएका छन्।
प्रमुख सचिव कृष्णप्रसाद काप्रीका अनुसार सबै मन्त्रालय एउटै परिसरमा आएपछि सेवा प्रवाहमा सहजता र समन्वयमा सुधार आउने अपेक्षा गरिएको छ। उनले यसलाई संघीय शासन प्रणाली कार्यान्वयनतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने बताए । काठमाडौंस्थित शर्मा-सगुन जेभीले निर्माण गरेको उक्त प्रशासनिक केन्द्रका लागि प्रदेश सरकारले २०७९ मंसिर २८ गते ठेक्का सम्झौता गरेको थियो भने सोही वर्ष फागुन ३ गते शिलान्यास गरिएको थियो।
प्रदेश राजधानी कार्यान्वयन एकाइका निमित्त प्रमुख इन्जिनियर प्रदीप भट्टराईका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १० वटा मन्त्रालय भवन निर्माण सम्पन्न भएका छन् । करिब ३ अर्ब ९ करोड रुपैयाँ लागतमा निर्माण भएको यो भवन १७ बिघा १९ कट्ठा ४ धुर क्षेत्रफलमा फैलिएको छ।


खबर सबै
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा











प्रतिक्रिया