खैरेनीचौर सामुदायिक बनले दियो अचार बनाउने तालिम

रामबहादुर गन्धर्व । जिल्लाकाे बाणगङ्गा नगरपालिका वडा नं. ५-६ स्थित खैरेनीचौर सामुदायिक बनकाे आयोजनामा तीनदिने अचार बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। साेमबारदेखि शुरू गरि बुधबार सम्पन्न उक्त तालिममा स्थानीय बिपन्न समुदायका महिलाहरूकाे उल्लेखनीय सहभागीता रहेको थियो । स्थानीय स्तरका महिलाहरूलाई सिपमुलक तालिम मार्फत आत्म निर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा २५जना महिला सहभागी रहेका थिए।

तालिमले घरेलु स्तरमै उत्पादन गर्न सकिने अचार ब्यवशाय मार्फतआम्दानिको सम्भवना लिइएको छ। सामुदायिक बनकी अध्यक्ष मन्जु मत्राले आफ्ना सेवा क्षेत्र भित्रका उपभोक्तालाई लक्ष्यित गर्दै नियमित रूपमा यस्ता आयआर्जनमूलक तथा सिपबिकास तालिम निरन्तर सञ्चालन गर्न सकिने बताइन् ।उनकानुसार बन समूह प्राकृतिक स्राेत संरक्षण मात्र नभई स्थानीय समुदायको जीवनस्तर उकास्न समेत सक्रिय रूपमा काम गरिरहेकाे छ। तालिमको सहजीकरण गरेकी प्रशिक्षक राधा सापकोटाले सहभागी महिलाहरूलाई सिकेको सीप ब्यवहारमा कार्यान्वयन गर्न बिशेष आग्रह गरिन ।सीप सिकेर मात्रै हुँदैन त्यसलाई आयआर्जनमा रूपान्तरण गर्न सक्नुपर्छ ,उनले भनिन् समूहमा काम गरेर उत्पादन बढाउने र बजारमा पहुँच बिस्तार गर्ने हाे भने यसले दिगो स्वराेजगार गर्न सक्छ । तालिमका सहभागी महिलाहरूले यस्ता क्रार्यक्रमले आफुहरूमा आत्मविश्वास बढाएको र घरमै बसेर आयआर्जन गर्न सकिनेसम्भावना देखाएको भन्दै खुसी ब्यक्त गरेका थिए। उनिहरूले सिकेको सिपलाई ब्यवहारमा लागू गर्ने प्रतिबद्धता जनाउँदै यस्ता तालिमलाई निरन्तरता दिन बनसँग आग्रह गरे। कार्यक्रम समितिका सचिव रामप्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।

समुदायका लागि सकारात्मक सन्देश यसप्रकारका सीपमूलक तालिमहरूले ग्रामीण तथा बिपन्न समुदायका महिलाई आर्थिक रूपमा सशक्त बनाउने महत्त्वपूर्ण माध्यम बन्न सक्छन् । स्थानीय स्राेत ,समय र सानाे लगानीमै शुरू गर्न सकिने यस्ता उद्यमले घरपरिवारकाे आय बढाउनुका साथै सामाजिक सशक्तीकरण मा समेत टेवा पु-याउँछ। सामुदायिक बनजस्ता संस्थाहरूले संरक्षण सँगै सामुदायकाे आर्थिक उन्नतिमा जाेड दिँदा बिकासकाे दिगो माेडेल स्थापित हुन सक्छ ।

प्रतिक्रिया

खबर सबै