

मृतकको परिवारका १४ जनामा कोरोना संक्रमण पुष्टि



ई साझाकुरा, साउन १९
मोरङको रंगेली नगरपालिकामा सोमबार एकैदिन २२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये १४ जना स्थानीयबासी हुन् भने पाँच जना विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रका कर्मचारी र तीन जना जिल्ला अस्पताल रंगेलीका कर्मचारी छन् । अस्पतालका दुई जना प्राविधिक र एक सहयोगी संक्रमित भएका हुन् ।।
बुधबार सोनवर्षी नगरपालिका-८ सक्टीका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।
उनको कट्याक ट्रेसिङका क्रममा बजारका स्थानीयसहित जम्मा १५६ जनाको स्वाब संकलन गरिएको थियो । त्यसक्रममा २२ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये १४ जना एकै परिवारको रहेकेा रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले बताए ।
मृतक पुरुष रंगेलीको क्लिनिक, जिल्ला अस्पताल रंगेली हुँदै गत मंगलबार कोशी अस्पताल आइपुगेका थिए । कोशीमा रिपोर्ट पोजेटिभ देखिएपछि उनलाई धरान रेफर गरिएको थियो । धरान रेफर गरेको केही घण्टामा ति पुरुषको मृत्यु भएको थियो ।
‘विरामीलाई क्लिनिक र अस्पताल लगेको पाइएपछि व्यापारी र स्थानीयसहित १५६ जनाको स्वाब संकलन गरेका थियौं’ रंगेली नगरपालिका स्वास्थ्य संयोजक भुपेन्द्र मण्डलले भने, ‘अस्पतालका कर्मचारी र बजारका गरी १७ जनामा मृतकबाट सरेको हो कि भन्ने छ ।’
तर विद्युत वितरण केन्द्रका कर्मचारीमा भेटिएको कोरोना सक्रमणको स्रोत खुलेको छैन । विद्युत वितरण केन्द्रका ३८ जनाको नमुना परीक्षण गर्दा ५ जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो ।
यसले समुदायमा संक्रमण फैदिएको आशंकालाई बल पुगेको अधिकारीहरू बताउँछन् ।
रंगेली नगरपालिकाले बजार क्षेत्रलाई तीन दिनका लागि सिल गरेको छ । वडा नम्बर ७ का साथै ४, ६ र ८ का केही भाग तीन दिनका लागि सिल गरिएको मेयर बगडीयाले बताए ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया