नेप्से परिसूचक २३ दशमलव ३२ अंकले बढेर १ हजार ७ सय ४१ दशमलव ८१ अंकमा पुगेको छ । नेप्से परिसूचक बढ्दा क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.२४ प्रतिशत अर्थात ०.८० अंकले घटेको छ ।
दिनभर भएका ४३ हजार ६ सय ७३ कारोबारबाट १९४ कम्पनीका १ करोड १६ लाख ७४ हजार ८ सय ७५ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार मंगलबार ४ अर्ब ७९ करोड १० लाख ४१ हजार ६ सय ४९ रुपैयाँको सेयर किनबेच भएको छ ।
नेप्सेमा कारोबार हुने ३ उपसमूहहरु बाहेक सबै उकालो लागेका छन् । बैंकिङ उपसमूह १.२८ अंकले, विकास बैंक २०.६ अंकले र हाइड्रोपावर १८.६१ अंकले ओरालो लागेका हुन् ।
सबै भन्दा धेरै व्यापार उपसमूह ९.९८ प्रतिशतले वृद्धि भएको छ भने दोस्रोमा उत्पादनमूलक उपसमूह ६.९४ प्रतिशत अर्थात २ सय ३५ दशमलव ४५ अंकले बढेको छ ।












प्रतिक्रिया