
विजयनगरमा टिनका छाना मुक्त विद्यालय कार्यक्रम

कपिलवस्तु | कपिलवस्तुको विजयनगर गाउँपालिकाले विद्यालय टिनको छाना मुक्त अभियान अन्तर्गत ११ ओटा विद्यालयमा नयाँ भवन निर्माणका लागि करिब १२ करोड रुपैयाँ बराबरको टेन्डर प्रक्रिया अघि बढाएको छ। यस अभियानमा २ ओटा मदरसा सहित विभिन्न सामुदायिक विद्यालयहरू समेटिएका छन् ।
गाउँपालिका अध्यक्ष गोपाल थापाको पहलमा योजना परेको हो । अध्यक्ष थापाले योजना कार्यान्वयनमा सहयोग पु¥याउने सांसद मंगल प्रसाद गुप्ता, सराज अहमद फारुकी, पूर्व मन्त्री रुपा बिकको संसदीय कोषबाट बजेट परेको थियोे । उनले संसदहरु तथा पालिकाका सम्पूर्ण जनप्रतिनिधिहरूलाई धन्यवाद व्यक्त गरेका छन् ।
टेन्डर प्रक्रिया अघि बढेका विद्यालयहरूमा मदरसा अहले सुन्नत कादरिया फैजल उलुम बरगदवा, हरिबोध मावि प्रेमनगर, लोटनराम द्रोपदी देवी मावि गणेशपुर, जनज्योति मावि शंकरपुर, त्रिनेत्र मावि मधुनगर, भुवनेश्वरी मावि जगदीशपुर, मदरसा अहले सुन्नत गौसिया दत्तपुर, जनजागृति मावि लोहरौला, नेपाल तारा मावि मगरघट्टा र नेवलागञ्ज आधारभूत विद्यालय नेवलागञ्ज रहेका छन् ।
अध्यक्ष थापाका अनुसार हरिबोध मावि र मदरसा अहले सुन्नत कादरिया फैजल उलुम बरगदवामा १ करोड ५० लाख रुपैयाँको लागतमा भवन निर्माण हुनेछ भने अन्य विद्यालयमा प्रतिविद्यालय १/१ करोड रुपैयाँका दरले नयाँ विद्यालय भवन निर्माण गरिनेछ ।
यस योजनाबाट पालिकाभित्रका विद्यालयहरू सुरक्षित, व्यवस्थित र टिनको छानामुक्त बन्ने अपेक्षा गरिएको छ । नयाँ भवन निर्माणपछि विद्यार्थीहरूको अध्ययन–अध्यापन वातावरणमा गुणात्मक सुधार आउने विश्वास गरिएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया