

लायन्स कपिलवस्तुको सामाजिक पहल : विपन्न परिवारलाई चिसो मौसममा न्यानो सहयोग


कपिलवस्तु | सेवा, सहानुभूति र मानवताका मूल्यलाई केन्द्रमा राख्दै लायन्स क्लब अफ कपिलवस्तुले लायन्स इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको १४७औँ जन्मजयन्ती विविध सामाजिक कार्यक्रमसहित भव्य रूपमा मनाइरहँदा शनिबार एक विपन्न परिवारलाई चिसो मौसममा न्यानो सहयोग प्रदान गरेको छ ।
मेल्भीन जोन्सको जन्मजयन्तीको अवसरलाई केवल औपचारिकतामा सीमित नराख्दै क्लबले समाजका पछाडि परेका वर्गप्रति आफ्नो दायित्व सम्झँदै वाणगंगा नगरपालिका–९ स्थित पडरियाका गरिब तथा असहाय एक परिवारलाई न्यानो कपडा वितरण गरेको हो।
जाडोयामको कठोरतासँग जुधिरहेका विपन्न परिवार नरबहादुर कुमाल परिवारका लागि गरिएको यो सहयोग कार्यक्रमले मेल्भिन जोन्सको विई सर्व” भन्ने मूल भावनालाई व्यवहारमा उतार्ने उद्धेश्यका साथ कार्यक्रम गरिएको लायन्स सदस्यहरुले बताएका छन । सहयोग सामग्री प्राप्त गरेपछि कुमाल परिवारले पनि लायन्स सदस्यहरुको यो अभियानप्रति धन्यवाद दिएका छन् ।
विपन्न परिवार नरबहादुरको पारिवारिक आर्थिक अवस्था दयनीय छ । उनको परिवारमा तीन छोरीहरु, एक छोरा र श्रीमानश्रीमति छन् । जंगली क्षेत्र, खोलाको बगर छेउमा सामान्य जस्ताको छानो हालेर जिविका गुजारीरहेका कुमाल परिवारलाई लायन्स क्लव अफ कपिलवस्तुले यस अघिका कार्यक्रमहरुमा पनि सहयोग प्रदान गर्दै आएको छ । उनीहरुको यो अवस्थालाई सानो सहयोग गर्ने कार्य स्वरुप लायन दिपक पौडेलले जाडोको समयमा न्यानो लुगा र विभिन्न सामाग्री सहयोग प्रदान गरेका हुन ।



खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया