

कोरोना खोप निर्माता भन्छन् अर्को हिउँदसम्ममा सामान्य जीवन हुन्छ


मंसिर १, ई–साझाकुरा
कोरोना खोप विकास गरिरहेका एक विज्ञले महामारीका कारण अस्तव्यस्त बनेको दिनचर्या अर्को हिउँदसम्ममा सामान्यमा फर्किने बताएका छन्। बायोटेकका संस्थापक प्राध्यापक उगुर सहिनले आउँदो गर्मीयामसम्म खोपको महत्वपूर्ण विकास भई हिउँदसम्ममा जनजीवन सामान्य हुने बताएका हुन्।
जर्मन औषधि उपत्पादक कम्पनी बायोटेक र फाइजरले विकास गरिरहेको कोरोना खोपको प्रारम्भिक परीक्षण नतिजाअनुसार ९० प्रतिशत कोभिड–१९ बाट बचाउने उद्घोष गत साता गरेका थिए। बीबीसीका अनुसार खोपको अन्तिम चरणको परीक्षणमा करिब ४३ हजारले सहभागिता जनाएका थिए।
यसैगरी प्राध्यापक सहिनले सो खोप लगाएका मानिसबाट कोरोना नसर्ने र लक्षणहरू समे देखा नपर्ने विश्वास व्यक्त गरेका छन्।
‘यस्तो प्रभावकारी खोपले संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्नेमा म निश्चिन्त छु’, उनले भने, ‘सायद ९० प्रतिशत नहालो ५० प्रतिशत चाहिँ नसर्नेमा ढुक्क छु। तर यसले महामारीको फैलावटलाई नाटकीय ढंगमा घटाउने कुरा चाहिँ बिर्सन हुँदैन।’


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया