

सानिमा जिआईसीको तीनदिने अभिकर्ता तालिम सम्पन्न



सानिमा जिआईसी ईन्स्योरेन्स लिमिटेडले शुक्रबार आफ्नो तीन दिवसिय अभिकर्ता तालिम समापन गरेको छ । कपिलबस्तु जिल्लाको बाणगंगामा आयोजित तालिममा कृषि, पशुपंक्षी तथा जडिबुटीका क्षेत्रमा कार्यरत प्राविधिक जनशक्तिहरुलाई कम्पनीले अभिकर्ताको तालिम उपलब्ध गराएको हो । तालिम पश्चात लिइएको योग्यता परीक्षा पश्चात ३५ जना कृषि प्राविधिकहरु अभिकर्ताकाे आवेदनका लागि छनौट भएका छन् ।
उनीहरूले नेपाल बीमा प्रधिकरणबाट अनुमति प्राप्ति पश्चात अभिकर्ताका रूपमा काम गर्न पाउने छन् । नेपाल सरकारले कृषि तथा पशुपंक्षी बीमालाई प्रभावकारी बनाउन जिल्लागत रुपमा बीमा कम्पनीहरु अनिवार्य बीमाका लागि जिम्मेवारी तोकिएको छ । कपिलबस्तु जिल्लामा कृषि बीमालाई गाउँघरसम्म पुर्याउन आफूहरु लागि परेको र यस तालिमले सो कार्यलाई अझ प्रभावकारी बनाउने कम्पनीका लुम्बिनी प्रदेश प्रमुख अर्जुन सुवेदीले जानकारी दिनु भयो । स्मरणीय छः कृषि बीमाको विस्तारका लागि अभिकर्ताको भूमिका नै महत्वपूर्ण रहँदै आएको छ जसले किसानका घरगोठसम्म पुगेर बीमाको दायरा बढाउँदै आएका छन् ।

झण्झटरहीत छिटो छरितो बीमा सेवाबाट किसानहरुको विश्वास जित्न आफूहरु क्रियाशील रहेको कम्पनीका जीतपुर शाखा प्रमुख दिनेश खनाल बताउनु हुन्छ । आफ्नो सेवा सुविधाको गुणस्तर बृद्धिका लागि यो तालिम सहयोगी बन्ने उहाँको विश्वास छ ।
तीनदिने तालिम कार्यक्रममा सहभागीहरुलाई उक्त कम्पनीका कृषि विभाग प्रमुख विवेक सेढाईँ, लुम्बिनी प्रदेश प्रमुख अर्जुन सुवेदी, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना रुपन्देहीका प्रमुख शालिकराम पौडेल लगयात्ले सहजिकरण गर्नु भएको थियो । बाणगंगा एक स्थित माछापुछ्रे होटलमा बुधबार बिहानबाट शुरु तालिम कार्यक्रम योग्यता परीक्षण सहित शुक्रबार समापन भएको हो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया