

दाङबाट एमाले महाधिवेशनका लागि २३ प्रतिनिधि सर्वसम्मत

दाङ । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि दाङबाट सर्वसम्मत २३ जना प्रतिनिधि चयन भएका छन् ।
जिल्ला सचिव सूर्यबहादुर डाँगीका अनुसार खुलातर्फत १३, महिलातर्फ ७ र दलिततर्फ ३ जना गरी २३ जना प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।
डाँगीका अनुसार खुलातर्फ शिवकुमार आचार्य, सुदन केसी, देवबहादुर बस्नेत, भुवन चौधरी, भानसिं बुढा, हुकुमबहादुर बस्नेत, भुवनेश्वर पौडेल, सूर्यबहादुर डाँगी, मनोहर बुढाथोकी, आशिष योगी, राममणि पाण्डे, कुलबहादुर केसी र घनश्याम चौधरी छनोट भएका छन् ।
महिला तर्फ भने सीता चौधरी (क्षेत्र नम्बर १), लक्ष्मी शर्मा, पुष्पा लामिछाने भट्टराई, सीता चौधरी (क्षेत्र नम्बर २), रत्न तिवारी श्रेष्ठ, तुलसी डाँगी पोखरेल र रेखा केसी देवकोटा रहेका छन् ।
दलिततर्फ भने मानबहादुर विक, निर्मला विक र टंक बहादर विक रहेका छन् ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया