

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते



अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका–३ दुर्घाफाँटमा मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरीका अनुसार कात्तिक १७ गते साँझ पौने ८ बजे निगालीबाट दुर्घाफाँटतर्फ जाँदै गरेको ना ३६ प ३५०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकछेउमा दुर्घटना भएको हो।
दुर्घटनामा परेर पाणिनि गाउँपालिका–४ निगालीका १८ वर्षीय गौतम बिक र २४ वर्षीय सागर विकको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि तीनै जनालाई स्थानीयले उद्धार गरी जिल्ला अस्पताल सन्धिखर्क पुर्याएका थिए। अस्पतालमा उपचारका क्रममा गौतम बिक र सागर विकको मृत्यु भएको हो ।
त्यसै दुर्घटनामा गम्भीर घाइते भएका २५ वर्षीय सन्तोष घर्तीको भने प्रारम्भिक उपचार गुल्मीको खर्ज्याङमा गरी थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ।
उनको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको छ। प्रारम्भिक अनुसन्धान अनुसार मोटरसाइकल तीव्र गतिमा रहेका कारण नियन्त्रण बाहिर गएर दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया