

राष्ट्रियसभा समितिका सभापतिको चयन प्रक्रिया सुरु



साउन १९, काठमाडौं संघीय संसद सचिवालयले राष्ट्रियसभाका संसदीय समितिहरूको सभापति चयनको प्रक्रिया सुरु गरेको छ। राष्ट्रियसभाका सचिव राजेन्द्र प्रसाद फुँयालले सूचना जारी गरी राष्ट्रियसभाका चारवटै समितिका सभापति पदका लागि यही साउन २३ गते दिउँसो १ बजे निर्वाचन गर्ने गरी कार्यक्रम तय भएको जानकारी दिएका हुन्। राष्ट्रियसभाको नियमावलीमा उल्लेख भए अनुसार राष्ट्रियसभाका समितिका सभापति र समितिका सदस्यहरुको कार्यावधि २ वर्ष हुने व्यवस्था छ। सोही अनुसार यस अघिका समितिका पदाधिकारीहरूको समयावधि सकिए सँगै नयाँ प्रक्रिया सुरु भएको हो। राष्ट्रियसभामा राष्ट्रिय सरोकार तथा समन्वय समिति, विधायन व्यवस्थापन समिति, दिगो विकास तथा सुशासन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति गरी चारवटा संसदीय समितिहरु छन् ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया