

यूएईमा कानुन संशोधन : अविवाहित जोडी एकसाथ बस्न पाउने



कात्तिक २८, काठमाण्डौ ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा अब अविवाहित जोडी एकसाथ बस्न पाउने भएका छन् ।
यूएईले आफ्नो कानुन संशोधनगर्दै अब अविवाहित जोडी साथमा बस्नका लागि कानुनी रुपमा नै मान्यता दिएको हो । लामो समयदेखि यूएईमा लिभिङ टुगेदरलाई अपराध मानिन्थ्यो । नागरिक र प्रवासी नागरिकलाई सकारात्मक र अनुकूल बनाउनका लागि कानुनमा संशोधन गरिएको यूएई सरकारले जनाएको छ ।
यूएईले केही हप्ता पहिला इजराइलसँग सम्बन्ध सामान्य बनाएको थियो । सम्बन्ध सामान्य बनाउनका लागि ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेको थियो । सम्बन्ध सामान्य बनाएका कारण र कानुन संशोधनका कारण अब यूएईमा इजरायलका पर्यटक बढ्ने अनुमान गरिएको खबरमा उल्लेख छ ।
यूएईले इस्लामी कानुन हुँदाहुँदै पनि पर्यटक, विदेशी व्यवसायी र उद्योगहरुलाई आकर्षित गर्नको लागि पश्चिमी संस्कृतिलाई स्थान दिएको हो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया