

सानिमा जीआईसीको प्रगतिः नाफासँगै ईपीएस बढ्यो, आम्दानीमा पनि वृद्धि



सानिमा जीआईसी इन्स्यारेन्स लिमिटेडले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा र ईपीएससँगै आम्दानी पनि बढेको हो।
कम्पनीले गत आवको असार मसान्तसम्म ३५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन कम्पनीले अघिल्लो आवको यसै अवधिमा कमाएको ३१ करोड ८१ लाख रुपैयाँको तुलनामा १०.१३ प्रतिशत बढी हो।
त्यसैगरी गत आवमा कम्पनीले २ अर्ब ५४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरको हो। अघिल्लो आवमा कमाएको २ अर्ब ५१ करोड रुपैयाँको तुलनामा १.३३ प्रतिशतले बीमाशुल्क आर्जन बढेको छ।
यता कम्पनीको बीमाकोष अघिल्लो वर्ष ३ अर्ब ३० करोड रुपैयाँ रहेकोमा गत वर्ष २२.२९ प्रतिशतले बढेर ४ अर्ब ४ करोड रुपैयाँ नाघेको वित्तीय विवरणले देखाएको छ।
गत वर्ष कम्पनीको कुल आम्दानी १ अर्ब ४३ करोड रुपैयाँबाट बढेर १ अर्ब ४७ करोड रुपैयाँ पुग्दा कुल खर्च भने ९९ करोड ६७ लाख रुपैयाँबाट घटेर ९७ करोड ६३ लाख रुपैयाँमा झरेको छ।
कुल खर्च घटेपनि कम्पनीको अभिकर्तालाई दिने कमिसन भने बढेको देखिएको छ। अघिल्लो वर्ष कम्पनीले अभिकर्ता कमिसनमा ३ करोड ७२ लाख रुपैयाँ खर्चिएकोमा गत वर्ष भने ४ करोड ४३ लाख रुपैयाँ खर्चिएको छ।
त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी पनि १५.९१ रुपैयाँबाट बढेर १६.३० रुपैयाँ पुग्दा प्रतिशेयर नेटवर्थ १५२.१२ रुपैयाँ कायम भएको छ। चुक्ता पूँजी २ अर्ब १५ करोड रहेको कम्पनीको महाविपत्ति कोषमा ४ करोड ६४ लाख, जगेडा कोषमा १८ करोड ३२ लाख र अन्य इक्विटीमा १३ करोड १० लाख रुपैयाँ छ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया