

९२ प्रतिशत प्रभावकारिता,रुसमा निर्मित कोरोनाबिरुद्धको भ्याक्सीन



विश्व समुदायले आशा गरेको रुसमा निर्मित स्पुतनिक फाइभ नामक कोरोना भाइरसको भ्याक्सिनले ९२ प्रतिशत प्रभावकारिता देखाएको छ । रुसको सार्वभौम वेल्थ फन्डले बुधबार अन्तरिम परीक्षण गर्दै यो तथ्य सार्वजनिक गरेको हो ।विश्वभरी कोरोना महामारी फैलिएपछि विश्वका शक्ति सम्पन्न मुलुकहरुले भ्याक्सीन निर्माणमा होडबाजी गरिरहेका छन् । होडबाजीमा रुस अगाडि रहेको छ ।
उसले निर्माण गरेको भ्याक्सीन २ पटक प्रयोग गरेका ९२ प्रतिशत मानिसमा कोरोना संक्रमणको जोखिम नरहेको भ्याक्सीन बिकासमा भूमिका खेलिरहेको रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले जनाएको छ ।उसले २ दिन अघि मात्रै सो भ्याक्सीनले ९० प्रतिशत काम गरेको भनेर सबैभन्दा पहिला घोषणा गरेको थियो । उसले बुधबार भ्याक्सीनको विवरणसमेत सार्वजनिक गरेको छ । विरणमा उसले १६ हजार मानिसमा दिइएको भ्याक्सीनले त्यसको ९२ प्रतिशत मानिसमा कोरोना संक्रमाणको संभावना नभएको उल्लेख गरेको छ ।यो तेस्रो चरणको परीक्षण हो ।
रुस सरकारले सो भ्याक्सीन निर्माणका लागि गएको अगष्टमै स्वीकृती दिएको थियो । हालको प्रभावकारिताको दावी तथ्यमा आधारित रहेर फन्डका प्रमुख किरिल डिमिट्रिएभले जिकिर गरेका छन् ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया