

सानिमा लाइफ इन्स्योरेन्स जीतपुर शाखाद्वारा उत्कृष्ट २५ एजेन्सी तथा म्यानेजरलाई सम्मान

बाणगंगा, कपिलवस्तु । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड जीतपुर शाखाले आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट कार्य सम्पादन गर्ने एजेन्सी र एजेन्सी म्यानेजरहरूलाई सम्मान गरेको छ।
एक विशेष कार्यक्रमका बीच आयोजित कार्यक्रममा बीमा क्षेत्रको योगदानलाई मूल्याङ्कन गर्दै उत्कृष्ट प्रदर्शन गर्ने २५ जना एजेन्सी तथा म्यानेजरहरूलाई सम्मानपत्र प्रदान गरिएको हो। कार्यक्रममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लि. बुटवल क्षेत्रका क्षेत्रीय प्रबन्धक इन्द्र विश्वकर्माले बीमाको महत्व, भावी योजना तथा नयाँ स्किमहरूबारे जानकारी गराउँदै उत्कृष्ट कार्य गर्नेहरूलाई सम्मानपत्र वितरण गरेका थिए।
उनले बीमा क्षेत्रमा अभिकर्ताहरूको भूमिका चुनौतीपूर्ण भए तापनि त्यहाँ अपार सम्भावना रहेको स्पष्ट पारे। बीमा बचत योजना व्यक्तिको जीवनमा मात्र होइन, संकटका अवस्थामा समेत सहयोगी हुने भएकाले सबै नागरिकलाई बीमाको दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा जीतपुर शाखाका प्रमुख दीपक कुमार कुँवरले सञ्चालन तथा सहजीकरण गरेका थिए भने शाखाका सागर बन्जाडेले कार्यक्रममा सहभागी सबै अभिकर्ताहरू उत्साहित भएको जनाउँदै अब गाउँ–गाउँमा बीमा सचेतना अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमले बीमा सेवामा क्रियाशील अभिकर्ताहरूको हौसला बढाउनुका साथै सर्वसाधारणमा बीमा प्रति विश्वास र रुचि बढाउने विश्वास लिइएको छ।


खबर सबै
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य










प्रतिक्रिया