

नौ केजी गाँजा र ५३ ग्राम चरेससहित एक महिला पक्राउ



दाङको घोराहीबाट नौ केजी गाँजा र ५३ ग्राम चरेससहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
रोल्पाको थवाङ गाउँपालिका–१ थवाङ घर भई हाल दाङको घोराही उपमहानगरपालिका–१४ मिलन चोकमा बस्दै आएकी ६३ वर्षीया मायादेवी विक उक्त परिमाणमा गाँजा र चरेससहित आइतबार दिउँसो परेकी हुन्।
विकले लागुऔषधको अवैध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय घोराही दाङबाट प्रहरी अनुसन्धानका लागि खटिएको थियो।
प्रहरी टोलीले विक बस्ने कोठामा खानतलासी गर्दा विभिन्न तीन वस्तुमा लुकाइछिपाइ राखेको कुल ९ केजी ८२० ग्राम गाँजा र ५३ ग्राम चरेस बरामद भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले अनुसन्धानका लागि दुई वटा मोबाइल फोन र नौ हजार तीन सय रुपैयाँ पनि बरामद गरी अनुसन्धान गरिरहेको छ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया