

ट्रम्प पत्नी मेलानियाले ट्रम्पसँग सम्बन्ध बिच्छेद गर्दै





अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पपत्नी मेलानियाले ट्रम्पसँगको सम्बन्ध बिच्छेद गर्ने भएकी छन् । डेलीमेलले यो तथ्य सार्वजनिक गर्दै ट्रम्पपत्नीले सम्बन्ध विच्छेद गर्न लागेको रिपोर्ट छापेको छ ।
उनले ट्रम्प पदमा रहँदै देखि सम्बन्ध विच्छेद माग्दै आएको डेलीमेलले दावी गरेको छ । साथै उनले ट्रम्प ह्वाइट हाउसबाट बाहिरिएपछि औपचारिक रुपमा सम्बन्धविच्छेद गरेर आफू अलग्गिन पाउँ भनेर बसेको डेलीमेलले उल्लेख गरेको छ ।
ट्रम्प र मेलानियाको १५ वर्षको वैवाहिक सम्बन्ध पूरा भइसकेको छ । उनीहरुको विवाह व्यावासायीक सम्झौता मात्रै भएको ट्रम्पकै परिवारबाट भनिएको बताइएको छ ।

२०१६ मा ट्रम्प विजयी भएर ह्वाइट हाउसमा आउन पनि ५ महिना लागेको थियो । त्यो बेला आफ्नो छोरोको पढाइका कारण आफू ह्वाइट हाउस आउन नसकेको बताइएको थियो ।
तर ट्रम्पसँग अलग्गिएपछि आफ्ना छोरा बेरोनलाई ट्रम्पको विरासतमा बराबरीको अंश दिलाउनको लागि छलफल मेलानियाले गरिरहेकाले ह्वाइट हाउस आउन नसकेको बताइएको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया