

नारायणघाट–बुटवल सडक : ९०.८७ किलोमिटर सडक भने एकतर्फी कालोपत्र

काठमाडौं । महेन्द्र राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गत दाउन्ने खण्डबाहेक सडकमा एकतर्फी कालोपत्र भएको छ ।
योसँगै अब यो सडक खण्डको ९३.९४ किलोमिटर क्षेत्रमा पक्की सडकमा यात्रा गर्न सकिने भएको छ । कुल ११३.५३ किलोमिटर सडकमध्ये ३.०७ किलोमिटर सडक पुलले ओगटेको छ ।
९०.८७ किलोमिटर सडक भने एकतर्फी कालोपत्र सम्पन्न भएको छ । पुल र कालोपत्र गरी ९३.९४ किलोमिटर पक्की सडकमा यात्रा गर्न सम्भव भएको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार यो खण्डको अब ८३ प्रतिशत सडकमा कालोपत्र यात्रा गर्न सकिने भएको छ । बाँकी खण्ड दाउन्ने क्षेत्रको हो । दाउन्नेमा अहिले कल्भर्ट निर्माणको काम अन्तिम चरणमा रहेको आयोजनाले जनाएको छ ।
कतिपय स्थानमा ढलान सडक निर्माणको काम समेत समानान्तर अगाडि बढेको आयोजनाको भनाइ छ । अहिले यो सडकको भौतिक प्रगति ६६.५० प्रतिशत छ ।


खबर सबै
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य










प्रतिक्रिया