
शिक्षक आन्दोलन : सरकारसँगकाे वार्ता निष्कर्षविहीन

सरकार-शिक्षक वार्ता निष्कर्षविहीन
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा शनिबार बिहान भएको वार्ता फेरि छलफल गर्ने निर्णयसहित सकिएको नेपाल राष्ट्रिय शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
उनका अनुसार अर्को छलफलको समय भने तोकिएको छैन । ‘आन्दोलनका क्रममा हामीले उठाएका मागका विषयमा शिक्षा मन्त्रीजीसँग छलफल भयो । फेरि फेरि बसेर संवाद गर्ने निर्णय भएको छ,’ उनले भने, ‘छलफल र संवादलाई निरन्तरता दिने निर्णय भएको छ । तर, कहिले बस्ने भन्ने टुंगो भएको छैन ।
सरकारको तर्फबाट नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तसहित नेपाल शिक्षक महासंघको तर्फबाट अध्यक्ष सुवेदीको नेतृत्वमा आन्दोलनरत शिक्षकहरू सहभागी थिए ।
शुक्रबार दिउँसो गर्ने भनिएको वार्ता भाँडिएपछि आज छलफल भएको थियो । नवनियुक्त शिक्षामन्त्री पन्तले वार्ताबाटै समाधान खोज्न शिक्षकहरूलाई वार्तामा बोलाएका थिए ।
यसअघि बिहीबार सर्वोच्च अदालतले विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने गरी तीनभित्र शिक्षकका माग सम्बोधन गर्न आदेश दिएको थियो ।
गत चैत २० गतेदेखि विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरू काठमाडौंमा आन्दोलनमा रहेका छन् । शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान र कक्षा १२ को परीक्षासमेत प्रभावित भएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया