

रुपन्देही र दाङबाट लागुऔषधसहित ३ जना पक्राउ




साझाकुरा | दाङको तुलसीपुर उपमहानगरपालिका १८ हेमन्तपुर कोलकाटे टोलबाट ब्राउनसुगर ४ सय ७० मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका ६ गोठलीगाउँ बस्ने ३२ वर्षीय श्रीधर डाँगी र सोही उपमहानगरपालिका ६ गाइडर बस्ने ४० वर्षीय लुपेन्द्र पोख्रेल रहेका छन् । प्रहरी चौकी बिजौरीबाट खटिएको प्रहरीले रा ७ प ३०६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस्तै रूपन्देहीको बुटवल उपमहानगरपालिका ६ ट्राफिक चोकबाट ब्राउनसुगर करिब १ ग्राम ६ सय ६० मिलिग्रामसहित सोही उपमहानगरपालिका ११ बस्ने ४४ वर्षीय केशर बहादुर दर्जीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र अस्थायी प्रहरी पोस्ट ट्राफिक चोकबाट खटिएको प्रहरीले लु ७३ प ६४५४ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया