

रुपन्देहीमा फागुनमा ११३ फरार अभियुक्त पक्राउ



जिल्ला प्रहरी कार्यालय रुपन्देही एकमहिनाको अवधीमा विभिन्न किसिमका अपराधमा संलग्न रही फरार रहेका ११३ जनालाई पक्राउ गरेको छ।
प्रहरीले गएको फागुन महिनामा ११३ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका १७ जना विभिन्न अपराधमा अदालतबाट कारागार चलान गर्ने आदेश भएको २० वर्ष पछि पक्राउ परेका हुन्।
अदालतबाट विभिन्न मितिमा भएका फैसलाअनुसार दण्ड जरिवाना तथा कैद सजाय तोकिएर फरार रहेका उनीहरुलाई पक्राउ गर्दा १७ वर्ष २८ दिन कैद सजाय असुलउपर भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आइतबार पत्रकार सम्मेलन गरी एक महिनामा सम्पादन गरेका कामको विवरण सार्वजनिक गरेको हो।
प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले फरार प्रतिवादी पक्राउ पर्दा २५ लाख ६६ हजार १५६ रुपैयाँ असुल भएको जानकारी दिए।
यस्तै, गत फागुन महिनामा लागूऔषध ओसारपसार र कारोबारमा संलग्न १४ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको छ। प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार अवैधरुपमा भारतबाट नेपाल भित्र्याइएको विभिन्न सामान समेत बरामद गरिएको छ।
यसबाट १ करोड ८८ हजार ७८२ रुपैयाँ राजस्व संकलन भएको छ। त्यस्तै चोरी तस्करीमा संलग्न ६ जनालाई समेत पक्राउ परेका छन्। प्रहरीले विभिन्न हत्यामा संलग्न व्यक्तिलाई पक्राउदेखि ठाडो उजुरीमा परेका गुनासोहरु सम्बोधन गरिएको दावी गरेको छ।
गत फागुनमा ११ हजार ६४० फोनकल मार्फत् प्रहरी सहायता मागिएकोमा सबैजनालाई आवश्यक सहयोग गरिएको प्रहरी नायब उपरिक्षक कार्कीले बताए। कार्कीले पछिल्लो समय रुपन्देहीमा घरेलु हिंसा र आत्महत्याका घटना बढेको भन्दै यस्ता घटना न्यूनिकरणका लागि सबै क्षेत्रबाट सचेतनासँगै सहयोग र सहकार्य आवश्यक रहेको बताए। फागुनमा मात्र २७ जनाले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेहरुमा १९ देखि २५ वर्षसम्मका युवापुस्ता धेरै छन्।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया