

एन्ड्रोइड १६ को तेस्रो बेटा संस्करण सार्वजनिक, यस्ता छन् फिचर




गुगलले एन्ड्रोइड १६ को तेस्रो बेटा संस्करण सार्वजनिक गरेको छ । योसँगै बेटा भर्सनको तेस्रो चरण अर्थात् ‘प्लेटफर्म सस्टेनेबिलिटी’ चरण पूरा भएको छ । अब अर्को महिना अन्तिम बेटा संस्करण आउने गुगलले बताएको छ ।
सबै संस्करणमा फेला परेका बग (समस्या) समाधान गरी एन्ड्रोइड १६ आधिकारिक रूपमा आगामी जुनमा सार्वजनिक गर्ने गुगलको तयारी छ । पहिलो चरणमा पिक्सेल फोनहरूमा यो संस्करण उपलब्ध हुनेछ ।
यस वर्षको अक्टोबरदेखि डिसेम्बरसम्ममा एन्ड्रोइडको सानो अपडेट पनि आउने बताइएको छ ।
एन्ड्रोइड १६ मा कम सुन्नेहरूका लागि अडिओ सुविधा र कम देख्नेहरूका लागि अक्षरहरू स्पष्ट देखिने सुविधा थपिएको छ । साथै यसमा लोकल नेटवर्क सुरक्षा पनि थपिनेछ, जसले कुन एपले लोकल नेटवर्कका डिभाइस चलाउन पाउँछन् भन्ने नियन्त्रण दिनेछ ।
नयाँ अपडेटमा औराकस्ट ब्रोडकास्ट अडियो सपोर्ट भएकाले विमानस्थल, कन्सर्ट, कक्षाकोठा जस्ता सार्वजनिक ठाउँमा लाइभ अडिओ स्ट्रिम गर्न सजिलो हुनेछ ।
गुगलले पूर्णरूपमा एन्ड्रोइडको युजर इन्टरफेस परिवर्तन गर्दैछ । यसअन्तर्गत एन्ड्रोइड फोन र ट्याब्लेटको लकस्क्रिनमा विजेटहरू पनि आउनेछन् भने स्प्लिट नोटिफिकेसन र क्विक सेटिङको प्यानलमा केही सुधार हुनेछन् । ।
यी दुई प्यानललाई अलग-अलग पेजहरूमा विभाजन गर्ने गुगलको तयारी छ । नयाँ अपडेटसँगै मिडिया प्लेयर अब नोटिफिकेसन र क्विक सेटिङ्स प्यानलको माथिल्लो भागमा देखिनेछ । यसले प्रयोगकर्ताहरूलाई म्युजिक वा अन्य मिडिया कन्ट्रोल गर्न अझ सहज बनाउने गुगलको विश्वास छ ।
एन्ड्रोइड १६ मा नयाँ स्वाइप जेस्चर पनि थप गरिएको छ । यसअनुसार बायाँपट्टि स्वाइप गर्दा नोटिफिकेसन प्यानल खुल्छ भने दायाँपट्टि स्वाइप गर्दा क्विक सेटिङ्स प्यानल खुल्छ । यो जेस्चरले दुई फरक प्यानललाई छिटो र सहज रूपमा एक्सेस गर्न मद्दत गर्नेछ, जसले प्रयोगकर्ताको समय बच्ने बताइएको छ ।
क्विक सेटिङ्समा भर्टिकल स्क्रोलिङ सुविधा पनि थप गरिएको छ । यसपछि सेटिङ्स टाइलहरू पूरै स्क्रिनमा देखिनेगरी स्क्रोल गर्न सकिनेछ ।
साथै, एडिट मेनुमा प्लस/माइनस बटन थपिएको छ, जसले टाइलहरू थप्न वा हटाउन अझ सजिलो बनाउनेछ । पहिले टाइलहरू एडिट गर्दा झन्झटिलो प्रक्रिया हुनुका साथै नयाँ टाइलहरू थप्न अप्ठ्यारो थियो । अब नयाँ प्लस/माइनस बटनको मद्दतले सेटिङ्सलाई आफ्नो आवश्यकताअनुसार सहजै मिलाउन सकिनेछ ।
गुगलले एन्ड्रोइड १६ सकेसम्म धेरै डिभाइसमा पुर्याउन आफ्ना साझेदारहरूसँग काम गरिरहेको छ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया