

लागुऔषध ट्रामाडोल ट्याबलेटसहित तीनजना पक्राउ


बाँके | बाँके प्रहरीले डाक्टरको निर्देशनविना खुल्ला रुपमा बिक्री वितरण गर्न नपाइने ट्रामाडोल ट्याबलेटसहित तीन जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना भारतीय र एक जना नेपाली युवा छन्।
भारतको कोलकाता घर भई हाल बाँकेको नेपालगन्ज उपमहानगरपालिका – १० ट्राफिक चोक बस्ने ३८ वर्षीय जियाउल शेष, भारतको जागोर घर भई नेपागन्जको ट्राफिक चोक बस्ने १८ वर्षीय सद्दाम सैयद र नेपालगन्ज-१६ का २४ वर्षीय नफिस अहमद कबडिया पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय जयसपुरबाट नफिसले चलाएको यूपी ४० आर ७१४५ नम्बरको मोटरसाइकल नेपालगन्ज – १६ भन्सार चोकमा आशंका लागेर चेकजाँच गर्ने क्रममा त्यसमा सवार तीन जनाको साथबाट पाँच हजार ट्याबलेट लागु औषध ट्रामाडोल बरामद भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले जानकारी दिएका छन्।
पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया