

थाइल्यान्डबाट नेपालले पायो १०७ रनको लक्ष्य

काठमाडौं : नेपाल महिला ट्वान्टी–२० त्रिदेशीय शृंखलामा थाइल्यान्डले घरेलु टिमसामु १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङमा आएको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०६ रनको योगफल खडा गरेको हो ।
थाइल्यान्डबाट चानिदा सुथिरुआङले सर्वाधिक २७ रन बनाइन् । यस्तै, थिपात्चा पुत्थावाङले २५ र नानपाट कोन्चिारोइन्काइले १९ रन बनाए । ओपनरद्वय अफिसारा सुवान्चोन्राथीले १७ र नाताया बुचाथामले १० रन थपे ।
नेपालकी मनीषा उपाध्यायले सर्वाधिक तीन विकेट लिइन् । चार ओभर बलिङ गरेकी मनीषाले एक मेडन फ्याक्दै १८ रन खर्चिइन् । पूजा महतो र रचना चौधरीले समान एक विकेट लिए ।
नेपाली टिम पहिलो जितको खोजीमा छ । नेपालले यसअघि नेदरल्यान्ड्ससँग २० रन, थाइल्यान्डसँग चार विकेट र पुनः नेदरल्यान्ड्ससँग १५ रनको हार व्यहोरेको थियो । थाइल्यान्ड भने प्रतियोगितामा अपराजित छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया