

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीका एक युवकको मृत्यु

रुपन्देही। नवलपरासी पश्चिमको सरावल गाउँपालिका-१ सालबासस्थित पूर्व-पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
प्रदेश नं. ३-०२-००६ प ९८३६ नम्बरको मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकबीचको पेटीमा ठोक्किंदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार रुपन्देहीको शुद्धोधन गाउँपालिका अमहवा निवासी २८ वर्षीय कमल परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक नुवाकोट लिखु-३ बस्ने २९ वर्षीय गोपाल लोहनी गम्भीर घाइते भएका छन् । टाउकोमा गम्भीर चोट लागेका उनको लुम्बिनी सिटी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया