पाल्पामा माछा मार्ने विस्फोटक पदार्थ बनाउँदा एक जनाको मृत्यु, २ जना घाइते

बुटवल : पाल्पाको तिनाउ गाउँपालिका–२ बुढा चटकमा माछा मार्नका लागि विस्फोटक पदार्थ बनाउने क्रममा एक जनाको मृत्यु भएको छ । यस्तै शुक्रबार उक्त पदार्थ बनाउने क्रममा विस्फोटबाट दुई जना घाइते भएका छन् ।

सलाईको काँटीबाट माछा मार्नका लागि विस्फोटक पदार्थ बनाउने क्रममा विस्फोट हुन सोही ठाउँका २८ वर्षका सुरज सोमैको मृत्यु भएको हो । घटनामा रुपन्देही तिलोत्तमा नगरपालिका ४ डिङ्गानगरका २१ वर्षीय कोसिस भुजेल र २८ वर्षीय कुशल भुजेल घाइते भएका छन् ।


जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार  सोमैको उपचारको क्रममा बुटवलमा मृत्यु भएको छ । अन्य दुई जनाको बुटवलमा उपचार भइरहेको पाल्पाका डीएसपी  सुनिल मल्लले बताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया

खबर सबै