कृष्णनगरबाट एक फरार प्रतिवादी पक्राउ

कृष्णनगर, कपिलवस्तु, मंसिर १२ । कपिलवस्तुबाट प्रहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । कपिलबस्तु जिल्ला अदालत तौलिहवा कपिलवस्तुको चोरी कसुर मुद्दामा एक वर्ष एक महिना पन्ध्र दिन कैद सजाय र एक लाख पन्चानब्बे हजार एकसय अठार रुपैँया जरिवाना असुल गर्न बाँकी भई फरार रहेका प्रतिवादी लाई सोमवार इलाका प्रहरी कार्यालय कृष्णनगरको प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कपिलवस्तु जिल्लाको कृष्‍णनगर नगरपालिका वडा नं। ०२ पुरानो बसपार्क बस्ने बर्ष ३२ को मोहम्मद आजम मुसलमान रहेको जनाइएको छ । पक्राउ परेका मुसलमानलाई उक्त लागेको कैद तथा जरिवाना असुल उपर गर्नु पर्ने भएकाले कृष्णनगर नगरपालिका वडा नं। ०२ पुरानो बसपार्क स्थितबाट पक्राउ गरी कपिलबस्तु जिल्ला अदालत तौलिहवा कपिलवस्तुमा मंगलवार उपस्थित गराईएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिए।

कैद भुक्तानको लागी कारागार कार्यालय तौलिहवा कपिलवस्तु पठाईएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै