

बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा



रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका १८ जनाको शव बुटवल ल्याइएको छ । शुक्रबार राति थप सात जनाको शव बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएसँगै अस्पतालमा बाढीमा परी मृत्यु भएका १८ जनाको शव राखिएको छ ।
प्रहरीका अनुसार बाढीमा बगेर पश्चिम नवलपरासीका विभिन्न स्थानमा फेला परेका शवलाई पहिचान तथा आवश्यक प्रक्रिया पूरा गर्न बुटवल ल्याइएको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले शुक्रबार दिउँसो ११ वटा र राति सात वटा शव अस्पतालमा ल्याइएको जानकारी दिनुभयो ।
अस्पतालमा राखिएका शवमध्ये १३ जना पुरुष र पाँच जना महिला छन् । शवको पहिचान तथा आफन्तको खोजीका लागि प्रहरीले आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ । भोटेकोशी नदीमा आएको बाढीले ठुलो जनधनको क्षति गरेपछि नदीमा बगेका शव विभिन्न स्थानमा फेला पर्ने क्रम जारी छ । बाढीले बगाएर ल्याएका शव पश्चिम नवलपरासीका नदी तथा आसपासका क्षेत्रमा फेला परेपछि प्रहरी र स्थानीय प्रशासनको समन्वयमा तिनलाई बुटवल ल्याउने गरिएको हो ।
यसैबिच भैरहवास्थित भीम अस्पतालमा पनि तीन महिलाको शव राखिएको प्रहरी नायब उपरीक्षक श्रीवास्तवले जानकारी दिनुभयो । उहाँका अनुसार ती शव पनि बाढीका कारण विभिन्न स्थानमा फेला परेका हुन् ।
बाढीका कारण मृत्यु भएका तथा बेपत्ता भएका व्यक्तिको यकिन विवरण सङ्कलन गर्ने कामसमेत भइरहेको प्रहरीले जनाएको छ । फेला परेका शवको पहिचान खुलेपछि सम्बन्धित परिवारलाई जानकारी गराई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव जिम्मा लगाउने तयारी गरिएको छ ।
बाढीमा परी आफ्ना परिवारका सदस्य बेपत्ता भएपछि विभिन्न जिल्लाका आफन्त सम्पर्कमा आउने क्रम जारी रहेको छ । पहिचान हुन बाँकी शवको विवरण सङ्कलन गरी आफन्तसँग मिलान गर्ने कामलाई प्राथमिकतामा राखिएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया