

बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा



रसुवाको मैलुङ प्रहरी चौकीमा कार्यरत कपिलवस्तुका २३ वर्षीय प्रहरी जवान आशिष गडरिया भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सम्पर्कविहीन भएपछि उहाँका वृद्ध आमाबुवा छोराको खबरको प्रतीक्षामा हुनुहुन्छ । महाराजगन्ज नगरपालिका–४, बरैपुर निवासी आशिष गत २०८२ वैशाखमा प्रहरी जवान पदमा नियुक्त हुनुभएको थियो । नियुक्तिपछि उहाँको पहिलो पदस्थापन रसुवाको मैलुङ प्रहरी चौकीमा भएको थियो ।
चार छोरीपछि जन्मिएका आशिष परिवारका एक मात्र छोरा थिए । आशिष एक्ला छोरा भएकाले खेदु र निर्मलाका लागि बुढेसकालको सहारा थिए । गत वैशाखमा विवाह गर्नुभएका आशिषको अवस्थाबारे बाढीपछि अहिलेसम्म कुनै जानकारी नआउँदा परिवारको चिन्ता झन् बढेको छ ।
परिवारका अनुसार बाढी आएको दिन बिहान करिब ८:४५ बजेसम्म आशिषले आफ्नी पत्नीसँग फोनमा कुराकानी गर्नुभएको थियो । कुराकानी भइरहेकै बेला अचानक फोन सम्पर्क विच्छेद भएपछि उहाँसँग पुनः सम्पर्क हुन सकेको छैन ।
भोटेकोशी क्षेत्रमा ठुलो बाढी आएको खबर पाएलगत्तै परिवारले आशिषसँग सम्पर्क गर्ने प्रयास गरेको थियो । मोबाइलमा पटक पटक फोन गर्दा पनि सम्पर्क हुन नसकेपछि परिवारले उहाँको अवस्थाबारे थप चिन्ता गर्न थालेको हो । आशिषकी आमा निर्मला छोराको खबर पाउने आशामा दिनरात बाटो हेरिरहनुभएको छ । छोरालाई सम्झेर भावविह्वल हुँदै उहाँले उद्धारका लागि सम्बन्धित निकायसँग गुहार माग्नुभएको छ ।
उहाँले भावुक हुँदै भन्नुभयो, “मेरो छोरालाई जसरी भए पनि खोजेर ल्याइदिनुहोस् । छोरीहरू विवाह गरेर आफ्नो घर गइसके । हामी बुढाबुढीको एकमात्र सहारा छोरा थियो, जागिरे थियो, हामी खुसी थियौँ तर खुसी हराउने भयो कि भन्ने चिन्ता छ ।”
परिवारले आशिषको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ । उहाँ सकुशल भेटिने आशामा परिवारका सदस्यहरू अहिले पनि खबरको प्रतीक्षामा छन् ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया