

भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री


रसुवाको भोटेकोसीमा आएको बाढीपछि भारतले चौथोपटक राहत सामग्री पठाएको छ ।
भारतको विदेश मन्त्रालयले ११ टन राहत सामग्री बोकेको चौथो उडान नेपालमा अवतरण भएको जानकारी दिएको छ । राहत सामग्री हस्तान्तरण गरिएको पनि जनाएको छ ।
मन्त्रालयका अनुसार चौथोपटकमा भारतले खोज तथा उद्धार कार्यका लागि उपकरणसहितको सुरुङ प्राविधिक टोली पनि पठाइएको छ ।
त्यस्तै, डीएनए विश्लेषणका लागि फोरेन्सिक विज्ञहरूको टोली र कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट तथा सरसफाइ किटसहितका राहत सामग्रीहरू समावेश रहेका भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै, थप २३० फिट सिंगल लेन मोड्युलर स्टील पुलको लागि उपकरण बोकेका १६ ट्रकहरू नेपाल आइपुगेका पनि जानकारी दिइएको छ ।
थप सात बेली ब्रिजहरू स्थापनाका लागि उपकरणहरू चाँडै आपूर्ति गरिनेछ। तिनीहरूको स्थापनाका लागि प्राविधिक टोलीहरू चाँडै पुग्ने अपेक्षा गरिएको जनाइएको छ ।


खबर सबै
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग






प्रतिक्रिया